Section 12
आदेश दिन सक्ने
(१) क्वारेन्टाइन अधिकृतले दफा ११ बमोजिम प्रवेश गर्न रोक लगाइएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री जुन मुलुकबाट ल्याइएको हो सो मुलुकमा फिर्ता लैजान आदेश दिन सक्नेछ ।
(२) पैठारी गरिएका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री त्यसै राखी छोड्दा वा सम्बन्धित मुलुकमा फिर्ता पठाउँदा संक्रामक रोग फैलन सक्ने संभावना देखिएमा क्वारेन्टाइन अधिकृतले पैठारीकर्तालाई त्यस्तो पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई हटाउने वा नष्ट गर्ने आदेश दिन सक्नेछ ।